५७ कर्मचारी हटाइएपछि स्वास्थ्य अनुसन्धान परिषद्को काम प्रभावित
काठमाडौं : ठूलो संख्यामा कर्मचारी एकैपटक बाहिरिएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा चलिरहेका कार्यक्रम प्रभावित हुने देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले करारका कर्मचारीको भर्ना प्रक्रिया नियमसंगत नभएको भन्दै प्रश्न गरेपछि परिषद्ले ५७ कर्मचारीलाई माघ १ गते विदा गरेको परिषदका कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले जानकारी दिए। ‘करारका कर्मचारी भर्ना अपारदर्शी भयो भन्ने मन्त्रालयको निर्देशनात्मक पत्र आयो’, उनले भने, ‘त्यसैले हामीले उनीहरूलाई माघ १ गतेदेखि विदा गर्यौँ। करारका ५७ जना कर्मचारीको पुस मसान्तमा करार सकिएको थियो। उनीहरूको करार नवीकरण गर्न सकिएन। त्यसैले सबैलाई विदा दियौँ।’
‘मेन्टल हेल्थको डाटा आइसक्यो इन्ट्री गर्ने कर्मचारी छैन। जसलाई विशेष तालिम दिएर राखिएकाे थियो त्यो व्यक्ति नै नभएपछि त्यो काम नयाँ कर्मचारी आएर कहिले बुझाउने कहिले काम अघि बढ्ने?’ यसैगरी पपुलेसन बेस्ड क्यान्सर रजिष्ट्री अन्तिम चरणमा छ। यी सबै कार्यक्रम प्रभावित हुने त निश्चित भएको छ।
हाल परिषदमा २४ जना स्थायी कर्मचारीले मात्र काम गरिरहेका छन्। रिसर्चका विभिन्न प्रोजेक्ट अन्तर्गतका कर्मचारीलाई परिषदले विदा गरेपछि चल्दै आएका रिसर्चका कामहरू ठप्पप्रायः भएको छ। मेन्टल हेल्थ, सिकलसेल, क्यान्सर रजिष्ट्री, मिन्स्टुरेसन हेल्थलगायतका रिसर्चहरू अन्तिम अवस्थामा रहेका बेला करारका सम्पूर्ण कर्मचारीलाई विदा गर्नुपर्दा काममा प्रभाव परेको बताउँछन्, परिषदका रिसर्च युनिट प्रमुख डा. मेघनाथ धिमाल। उनले प्रोजेक्टका कर्मचारीलाई संस्थाको विनियमावली अनुसार नै राखिएको समेत जानकारी दिए। ‘तर मन्त्रालयले नै नियमसंगत भएन भनेपछि उहाँहरूलाई पठाउनुको विकल्प भएन’, उनले थपे।
यसले दीर्घकालीन असर गर्ने उनको भनाइ छ। विशेष तालिम दिएर राखिएका कर्मचारी गएपछि अब आउने कर्मचारी राख्दा उनीहरूलाई बुझाउन समय लाग्ने भन्दै यसले कार्यक्रममा ठूलो असर पर्ने बताए। ‘मेन्टल हेल्थको डाटा आइसक्यो इन्ट्री गर्ने कर्मचारी छैन’, उनले भने, ‘जसलाई विशेष तालिम दिएर राखिएकाे थियो त्यो व्यक्ति नै नभएपछि त्यो काम नयाँ कर्मचारी आएर कहिले बुझाउने, कहिले काम अघि बढ्ने?’ यसैगरी पपुलेसन बेस्ड क्यान्सर रजिष्ट्री अन्तिम चरणमा छ। यी सबै कार्यक्रम प्रभावित हुने निश्चित भएको उनको भनाइ छ।
ती कर्मचारी नेपाल सरकारबाटै स्वीकृत भएका कार्यक्रमहरूलाई सहयोग गर्न राखिएका थिए। करारका कर्मचारी परियोजनाले नै तलब दिने गरी राखिएका कर्मचारी हुन्। उनीहरूको प्रोजेक्टको समयअनुसार ६ महिनामा नवीकरण गर्ने गरिएको परिषदले जनाएको छ।
नयाँ स्वास्थ्यमन्त्री भानुभक्त ढकालले परिषदका विभिन्न काममा प्रश्न उठाउँदै आएका छन्। तीमध्ये कर्मचारी भर्ना प्रक्रिया प्रमुख हो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित