मेची अस्पतालमा ल्याप्रोस्कोपी विधिद्वारा पित्तथैलीको शल्यक्रिया शुरु
झापा : मेची अञ्चल अस्पतालमा ल्याप्रोस्कोपी विधिद्वारा पित्त थैलीको शल्यक्रिया शुरु भएको छ। सरकारी अस्पतालमा शुक्रबारदेखि पहिलो पटक यो सेवा सञ्चालनमा आएको हो। यसअघि चिरफार पद्धतिबाट शल्यक्रिया हुँदै आएको थियो।
दूरबिनको प्रयोग गरी चिरफार गरिने कारण बिरामी निजी अस्पतालतर्फ आकर्षित हुँदै आएकोमा मेसिनप्रयोग गरी शल्यक्रिया गर्ने प्रविधिबाट सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए।
अस्पतालका सर्जन डाक्टर रामबाबु खड्का नेतृत्वको टोलीले शल्यक्रिया गर्ने ठाकुरले बताए ।
अस्पतालले पहिलाेपटक याे प्रविधिबाट शल्यक्रिया गरिएको बिरामीलाई १८ हजार रूपैयाँमा बिमा सुविधा अन्तर्गत प्याकेजमा सेवा दिएको थियो।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा