दामनकाे रिसाेर्टमा निस्सासिएका ८ भारतीय नागरिककाे उपचारका क्रममा मृत्यु
काठमाडाैं : मकवानपुरको दामनस्थित एक रिसोर्टमा बेहोस भएर उपचारका लागि ल्याइएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ। ह्याम्स अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।
थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बसेका भारतीय पर्यटक मंगलबार बिहान अचेत अवस्थामा पाइएका थिए। उनीहरूलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको अस्तपालले जनाएकाे छ। मृतक दुई पुरूष, दुई महिला र चार बालबालिकामध्ये कसैकाे पनि सनाखत हुन सकेकाे छैन
१५ जनाको समूह दामन-पालुङ घुम्न आएका उनीहरू एउटा कोठामा सात अर्कोमा आठजना सुतेका थिए। झ्याल नभएको कोठामा ग्यास हिटर बालेर सुतेकाले अक्सिजन कम भएर उनीहरू बेहोस भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण