कैलालीमा प्रदेशस्तरीय क्षयरोग उपचार केन्द्र स्थापना
कैलाली : गोदावरी नगरपालिका– ६ श्रीपुरमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्र स्थापना भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र बेल्जियमकी अधिराजकुमारी एस्ट्रिडले सोमबार अनुसन्धान केन्द्र उद्घाटन गरे।
प्रदेशस्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका बिरामीलाई उपचारका लागि सहज हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले बताए। उनले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।
उनले छ महिनादेखि एक वर्षभित्र सुदूरपश्चिमको स्वास्थ्य अवस्था सुधार्ने प्रतिबद्धता व्यक्त गरे। अधिराजकुमारी नै मानार्थ रहेको ‘डेमिन फाउण्डेसन’ नामको गैरसरकारी संस्था र स्वास्थ निर्देशनालय तथा स्थानीय संघसंस्थाको सहयोगमा निर्माण गरिएको केन्द्रमा जटिल प्रकारका क्षयरोगीको उपचार हुने बताइएको छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै