Health TV Online
Health TV Online
Health TV Online

शल्यक्रियाको चार हप्ताअघिदेखि धूमपान नगरे खतरा कम

शल्यक्रियाको चार हप्ताअघिदेखि धूमपान नगरे खतरा कम

कुनै पनि शल्यक्रिया गर्नु चार हप्ताअघि धूमपान छाडे त्यसबाट हुने खतरा धेरै कम हुने एक अध्ययनले देखाएको छ।

कम्तीमा चार हप्ता अगाडिदेखि मात्रै पनि धूमपान नगरे रगतमा धेरै सुधार भएर शल्यक्रियापछि हुने संक्रमणको सम्भावना निकै कम हुने सोमबार सार्वजनिक एक अध्ययनले देखाएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गरेको अध्ययनमा धूमपान गर्नेहरूलाई ठूलो सानो दुवै प्रकारका शल्यक्रियापछि संक्रमणको खतरा बढी हुन्छ। अध्ययनका अनुसार यस्तो गर्नाले मुटुले काम गर्ने क्षमतामा पनि बृद्धि हुने गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

अष्ट्रेलियाको न्युक्यास्टल विश्वविद्यालय र वर्ड फेडेरेसन अफ सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट (डब्लूएफएसए) सँगको सहकार्यमा डब्लूएचओले अध्ययन गरेको हो ।

चार हप्तासम्म धूमपान नगर्दा स्वास्थ्य अवस्थामा १९ प्रतिशत सुधार हुने गरेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ। ‘कुनै पनि बिरामीको सानो वा ठूलो जस्तोसुकै शल्यक्रिया गर्नुभन्दा कम्तीमा चार हप्ताअगाडिदेखि धूमपान नगरेमा उसको स्वास्थ्यमा धेरै राम्रो परिणाम देखिने तथ्य पत्ता लागेको छ’, डब्लूएचओको सूर्ती निषेध इकाइका प्रमुख डा. विनायक प्रसादले भने।

धूमपानका कारण फोक्सोलाई नोक्सान गर्ने र त्यसले शरीरका अन्य अंगको स्वास्थ्यलाई पनि असर गर्ने तथा शारिरिक समस्या सृजना गर्ने उनले बताए।

डब्लूएचओले सबै देशले धूमपानविरुद्धको सचेतना वृद्धि गर्नुपर्ने भन्दै त्यसका लागि चेतनामूलक कार्यक्रम र शैक्षिक अभियान सञ्चालन गर्न पनि सुझाव दिएको छ।

रासस

थप समाचार