संसद् बैठकमा सांसदले सोधे, मेडिकल कलेजलाई किन सम्बन्धन नदिएको?
काठमाडौं : राष्ट्रियसभा बैठकमा सांसदहरूले पूर्वाधारयुक्त मेडिकल कलेजहरूलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गरेका छन्।
सोमबारको राष्ट्रियसभा बैठकमा सांसद हरिचरण सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका काम पूरा भए पनि मनमोहन मेडिकल कलेजले लामो समयसम्म सम्बन्धन नपाएको गुनासो गरे। उनले तीन हजार ६०० सय नागरिकको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिन ढिलो गरेको भन्दै सरकारको आलोचना गरे।
उनले झापास्थित बी एण्ड सी अस्पतालको मेडिकल कलेजलाई पनि सम्बन्धन नदिइएको भन्दै आपत्ति जनाए। ‘यी कलेजले हरेक वर्ष सरकारलाई राजस्व बुझाउँदै आएका छन्’, उनले भने, ‘सम्बन्धन दिने कुरामा किन मौनता साँधेको।’
मेडिकल शिक्षाका लागि हरेक वर्ष ठूलो संख्यामा नेपाली विद्यार्थी बाहिरिरहेको अवस्थामा यी कलेजले मान्यता नपाउनु दुःखद रहेको उनको भनाइ छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै