प्रदेश १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन अभियान शुरु
विराटनगर : ‘स्वस्थ जीवन प्रवर्धनका लागि धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन’ अभियान शुरु भएको छ। ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रदेश १ सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको हो।
अभियान शुरु गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले धूमपानले समाजलाई नकारात्मक बाटोमा धकेल्ने भन्दै यसको बिक्रीमा रोक लगाउनुपर्ने धारणा गरे। अभियानमा सबैको साथ र सहयोग पाउने अपेक्षा उनले गरे। आउने वर्षमा प्रदेश १ लाई धूमपानमुक्त घोषणा गर्ने उनको भनाइ छ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सुर्तीजन्य पदार्थ बेचबिखनदेखि उत्पादनसम्ममा रोक लगाउन सकेमात्र यो अभियान सफल हुने बताए। विद्यालय, कलेज जस्ता संवेदनशील ठाउँ वरपरमा यस्ता सामानमा बिक्री गर्न रोक लगाउनाका साथै बिक्री गर्नेलाई कानुनअनुसार सजाय दिन सके मात्र समाज स्वच्छ हुने धारणा कार्यक्रमका सहभागीले व्यक्त गरेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा