निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीले लिए सेवा
तनहुँ : शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी लाभान्वित भएका छन्।
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रद्वारा गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा दुई हजार ३५० ले सेवा लिएका हुन्।
शिविरमा विभिन्न अस्पतालमा कार्यरत ३५ विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए। शिविरमा तनहुँका साथै स्याङ्जाका सर्वसाधारणले सेवा लिएका थिए।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्ष्य गरी शिविर आयोजना गरिएको उपचार केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा