नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यकाबाहिरको मतदान सम्पन्न
काठमाडौं: नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि उपत्यकाबाहिर भएको मतदान आइतबार सम्पन्न भएको छ। शनिबार र आइतबार दुई दिन भएको मतदानमा उपत्यकाबाहिरका १६ मतदान केन्द्रमा जम्मा २८ सय ५१ मत खसेको संघले जनाएको छ ।
मतदान शान्तिपूर्वक सम्पन्न भएको संघले जनाएको छ । संघको २८ औँ १३ सदस्यीय नयाँ कार्यसमितिका लागि ३० जना प्रतिष्पर्धामा उत्रेका छन्। संघको चुनावमा चितवनमा सबैभन्दा बढी ३ सय ९७ र सबैभन्दा कम जुम्लामा १९ मत खसेको छ ।
संघको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र समावेशी पेशागत समूहबाट डा पुष्पमणि खराल प्रतिष्पर्धामा छन्। उपत्यकाभित्र भने माघ १७ देखि २१ गतेसम्म ५ दिन मतदान हुनेछ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा