Health TV Online
Health TV Online

नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यकाबाहिरको मतदान सम्पन्न

नेपाल चिकित्सक संघ  निर्वाचन : उपत्यकाबाहिरको मतदान सम्पन्न

काठमाडौं:  नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि उपत्यकाबाहिर भएको मतदान आइतबार सम्पन्न भएको छ। शनिबार र आइतबार दुई दिन भएको मतदानमा उपत्यकाबाहिरका १६ मतदान केन्द्रमा  जम्मा २८ सय ५१ मत खसेको संघले जनाएको छ ।

मतदान शान्तिपूर्वक सम्पन्न भएको संघले जनाएको छ । संघको २८ औँ १३ सदस्यीय नयाँ कार्यसमितिका लागि ३० जना प्रतिष्पर्धामा उत्रेका छन्। संघको चुनावमा चितवनमा सबैभन्दा बढी ३ सय ९७ र सबैभन्दा कम जुम्लामा १९ मत खसेको छ ।

संघको नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र समावेशी पेशागत समूहबाट डा पुष्पमणि खराल प्रतिष्पर्धामा छन्।  उपत्यकाभित्र भने माघ १७ देखि २१ गतेसम्म ५ दिन मतदान हुनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार