निःशुुल्क शिविरमा २५० जनाकाे आँखा परीक्षण

निःशुुल्क शिविरमा २५० जनाकाे आँखा परीक्षण

ठिमी : भक्तपुरको मध्यपुर ठिमीमा आयोजित निःशुुल्क शिविरमा २५० जनाले आँखा परीक्षण गराएका छन्। तीमध्ये २६ जनामा मोतीविन्दु भएको पाइएको छ।

म ध्यपुर शंखधर चोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था र सिटी आई केयर सेन्टरको आयोजनामा शिविर आयोजना गरिएको हो। शिविरमा डा. दीपक खड्कालगायत आँखारोग विशेषज्ञले आँखा परीक्षण गरेका थिए।

मोतीविन्दु भएका २६ जनाको निःशुल्क शल्यक्रिया गरिने सेन्टरले जनाएको छ।