दुई वर्षपछि पुनः सुरक्षित गर्भपतन सेवा
गलेश्वर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ। दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो ।
सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाको पहलमा पुनः सेवा शुरु भएको स्वास्थ्यचौकीका प्रमुख तुलबहादुर रन्तिजाले जानकारी दिए। अनिच्छितरूपमा रहेको १२ हप्तासम्मको गर्भपतन गर्न पाउने सुविधा छ।
स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार पुनको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा आइपास नेपालकी जिल्ला संयोजक थमकुमारी कुँवरले गर्भपतनसम्बन्धी कानूनी प्रावधानको बारेमा जानकारी गराइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण