चिकित्सक संघको नयाँ कार्यसमितिका लागि उपत्यका बाहिर आज मतदान हुँदै
काठमाडौं : नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि शनिबार उपत्यका बाहिरका शाखा कार्यालयमा मतदान हुँदैछ।
बिहान ११ बजेदेखि शुरु भएको मतदान ४ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। उपत्यकाबाहिरका १६ वटा शाखा कार्यालयमा मतदान भइरहेको समितिले जनाएको छ । यसपटक संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्।
२८ औँ नयाँ कार्यसमितिका लागि लोकतान्त्रिक समुहबाट डा लोचन कार्की र समावेशी पेशागत समुहबाट डा पुष्पमणि खराल अध्यक्षको प्रतिस्पर्धामा छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा