एकैपटकमा जन्मिए चार सन्तान
कास्की : पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छिन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन्। पौडेलले सकुशल चार सन्तान जन्माएको अस्पतालले जानकारी दियो।
पौडेलले जन्माएका सन्तानमध्ये पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका छन्। उपचारमा संलग्न डा. महेन्द्र पाण्डेका अनुसार अहिले शिशु र आमाको स्वास्थ्य सामान्य छ।
तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन्।
प्रतीकात्मक तस्विर





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा