दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं : बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र व्यवहार गरेको उजुरीपछि प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानले प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टी गरे। उनले प्रसाइँलाई पक्राउ गर्न उनको भत्तपुरस्थित घरमा गएको तर उनी फेला नपरेको बताए ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रसाईँले आफूविरुद्ध अभद्र व्यवहार गरेको र असुरिक्षत भएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए। उनले प्रसाईँविरुद्ध अदालतमा मानहानीको पनि मुद्दा दर्ता गराएका थिए ।
प्रसाईँले बी एण्ड सी मेडिकल कलेज सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका छन्। उता गिरीले यो आरोप मात्र भएको बताउँदै आएका छन्। गिरीविरुद्ध प्रसाइँले अख्तियार र सम्पत्ति शुद्धिकरणमा समेत उजुरी दिएका थिए भने गिरी अदालत गएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा