अरूण उपत्यकामा योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना हुँदै
काठमाडाैं :|पूर्वीय दर्शन, योग, परम्परागत चिकित्सालगायतको अध्ययन तथा अनुसन्धान गर्ने जनशक्ति उत्पादन गर्न सरकारले योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न लागेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको विधेयक तयार पारेको छ । शिक्षा मन्त्रालयले तयार गरेको विधेयक अर्थ तथा कानुन मन्त्रालयबाट स्वीकृति प्राप्त गरी संसदमा दर्ता हुनेछ।
विश्वविद्यालयको कार्यालय अरुण उपत्यकामा स्थापना हुनेछ । सहसचिव रामशरण सापकोटाका अनुसार एक केन्द्रीय क्याम्पस र सातै प्रदेशमा एकएक आंगिक क्याम्पस रहने गरी विधेयक तयार भएकाे छ । संसद्बाट विधेयक पारित भएपछि पूर्वाधार विकासको काम शुरु गर्ने बताइएकाे छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा