Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘कुर्सी’को आसनमा तीन मन्त्रीको योगाभ्यास

‘कुर्सी’को आसनमा तीन मन्त्रीको योगाभ्यास

काठमाडौं : सामान्यतया सहज हुने पोशाक लगाएर, भुईँमा आसन बिछ्याएर योगाभ्यास गर्ने नियम छ। तपाईँ हामी योग गर्नेहरूले सधैँ यो नियम पालना गर्दै आएका छौँ। तर राष्ट्रिय योग दिवसको अवसरमा सरकारले बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेकाे कार्यक्रममा अनौठा दृश्य देखिए।

राष्ट्रिय योग दिवस, मकर सङ्क्रान्ति मूल समारोहमा संघीय सरकारका मन्त्रीहरूले कुर्सीमा बसीबसी योगका आसन र ध्यान गरे। कार्यक्रममा सहभागी थिए, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल। उनीहरूले दाैरा सुरूवाल, स्वेटर र काेट लगाएका थिए भने सँगै याेगाभ्यास गर्ने सरकारी अधिकारीलगायत काेट पेन्टमा सजिएका थिए। जुत्तासमेत नखाेली याेगाभ्यास गरिएकाे दृश्य रमाइलाे देखिन्थ्याे।

परराष्ट्रमन्त्री ज्ञवालीले योगले मानिसको वास्तविक जीवनशैली अपनाउन सहयोग गर्ने बताए। उनले योगलाई जीवन अभिन्न अंग बनाउनुपर्ने धारणा राखे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  पोखरेलले प्राकृतिक चिकित्सा र योग शिक्षालाई आगामी शैक्षिकसत्रदेखि विद्यालय तहमा समेट्ने बताए। उनले योगलाई नै प्राथमिकतामा राखेर सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि संसद्को हिउँदे अघिवेशनमा विश्वविद्यालयसम्बन्धी विधेयक दर्ता गर्ने दाबी गरे।

स्वास्थ्यमन्त्री ढकालले सरकार आफ्ना नागरिकलाई रोग लाग्न नदिने अभियानमा रहेको बताए। योग, ध्यानजस्ता प्राकृतिक उपचारलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

कार्यक्रममा पतञ्जलि योग समितिका अध्यक्ष सुर्दशन सुवेदीलगायतले मन्त्रीहरूका साथै कार्यक्रममा सहभागीलाई योग गराएका थिए।कार्यक्रममा सरकारी अधिकारी, कर्मचारी र सर्वसाधारण सहभागी थिए।

तस्विर– रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि