Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यमनमा डेंगुले लियाे ७८ बालबालिकाको ज्यान

यमनमा डेंगुले लियाे ७८ बालबालिकाको ज्यान

‘सेभ द चिल्ड्रेन’ले द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेंगु संक्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको  बताएको छ।

सेभ द चिल्ड्रेनले यमनमा डेंगुको महामारी देखिएको भन्दै यसप्रति समयमै सचेत बन्न  सरकार,  नागरिक र अन्तर्राष्ट्रिय अधिकारवादी समूहको ध्यानाकर्षण गरेको छ।

‘यमनमा १६ वर्षभन्दा कम उमेरका कम्तीमा ७८ जना बालबालिकाले  संक्रमणका कारण ज्यान गुमाएका छन्’,  सेभ द चिल्ड्रेनद्वारा मंगलवार जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्तीमा ५२ हजार व्यक्ति डेंगु संक्रमण भएको आशंकामा अस्पताल तथा स्वास्थ्य संस्थामा सेवाका लागि पुगेका छन्।’

सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ मा यमनमा डेङ्गुसम्बन्धी संक्रमणका कारण १९२ जनाको मृत्यु भएको थियो। यसमध्ये अधिकांश व्यक्ति यमनी बन्दरगाह शहर होडैडा र एडेनका थिए।

सेभ द चिल्ड्रेनका यमनस्थित संयोजक मारियम अल्दोगानीले भने, ‘सन् २०१९ मा यमनको होडैडामा डेंगुका कारण ६२ व्यक्तिले ज्यान गुमाएका छन्। यस प्रकारको समस्या यहाँ पहिले कहिल्यै देखिएको थिएन।’

रेडक्रसले सन् २०१९ मा दिएको तथ्यांकका अनुसार जमेको पानीबाट फैलिने वा लामखुट्टेको टोकाइ बाट सर्ने डेंगु र सम्बन्धित रोगको संक्रमणबाट यमन ग्रसित छ।

साउदी नेतृत्वको सैनिक गठबन्धनले इरान पक्षधर मानिने यमनी सिया विद्रोहीविरूद्ध सन् २०१५ मा शुरू गरेको सैन्य हस्तक्षेपका कारण दशौँ हजार नागरिककाे मृत्यु भएकाे छ।

संयुक्त राष्ट्रसंघले द्वन्द्वका कारण यमन मानवीय अत्यन्त सङ्कटमा रहेको जनाएको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन