डोटी अस्पताललाई सुविधासम्पन्न बनाउने मुख्यमन्त्रीकाे घाेषणा
डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई प्रदेशकै सुविधासम्पन्न अस्पताल बनाउने घाेषणा गरेका छन्। प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहित बुधबार अस्पताल निरीक्षण गर्दै भट्टले यस्ताे बताएका हुन्।
उनले नयाँ उपकरण विस्तार गरी जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने तयारी प्रदेश सरकारको गरेको बताए। प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पतालमा चिकित्सक दरबन्दी थप गर्ने जानकारी दिए। पछिल्लो समयमा स्वास्थ्य संस्थाहरूमा दरबन्दीको १३ प्रतिशत अभाव छ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाका नौ स्थानीय तहका ५९ स्वास्थ्य संस्थामा ३०८ दरबन्दी रहेकाेमा हाल २६७ मात्रै पदपूर्ति छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा