Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

बागलुङ : बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट र २ बाटाकाचौर, साग्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ। ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउन गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा एकाइ स्थापना गरिएको हो।

सर्वसाधारणलाई वडामा रहेका स्वास्थ्य चौकी पुग्न अपायक भएपछि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। ‘सामान्य उपचारका लागि पनि एक/डेढ घण्टा हिँडेरै जानुपर्ने अवस्था अन्त्यका लागि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘स्वास्थ्य एकाइ राख्दा घना बस्ती र सबैलाई पायक पर्ने ठाउँ रोजिएको छ।’

साग्दी साविक बाटाकाचौर गाविस वडा नं. १, ७, ८ र ९ को केन्द्र हो। धुल्लुबास्कोटको गडेल पनि साविकका तीन वडाको केन्द्र मानिन्छ।
स्वास्थ्य एकाइ सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत प्रदान गर्नुपर्छ। दुवै वडामा यसअघि रहेका खोप केन्द्रका भवनलाई थप व्यवस्थित गरी स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाले जनाएको छ। वडा कार्यालयले स्वास्थ्य एकाइलाई दुई लाख रूपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्रीसमेत प्रदान गरेको छ।

प्रभावकारी सेवा प्रवाहका लागि एकाइ सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी काम थालिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए। स्वास्थ्य एकाइमा दुई अहेबसहित कार्यालय सहयोगी रहनेछन्। केही महिनाअघि गाउँपालिकाकै हुग्दीशिर, बराहकोटमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन