Health TV Online
Health TV Online

दुर्गा प्रसाईँविरुद्ध मानहानि मुद्दा दायर

दुर्गा प्रसाईँविरुद्ध मानहानि मुद्दा दायर

काठमाडौं : चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा‍. श्रीकृष्ण गिरीले दुर्गा प्रसाईँविरुद्ध मुद्दा दायर गरेका छन्।

झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँले आफूलाई घूस मागेको झुटो आरोप लगाएको भन्दै उनले मानहानि मुद्दा दायर गरेका हुन्।

गिरीले जिल्ला अदालत काठमाडौँमा मंगलबार प्रसाईँविरुद्ध मानहानि तथा गाली बेइज्जती मुद्दा दायर गरेका हुन्। केही दिनअघि प्रसाईँले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि आफूसँग गिरीले २० करोड घूस मागेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । सोही दिन गिरीले पनि पत्रकार सम्मेलन गरेर आफूलाई लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका थिए ।

यसअघि प्रसाईँले म‌ंगलवार नै पत्रकार सम्मेलन गरी आफूले गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी हालेको र छिटै सर्वोच्च अदालत जाने जानकारी दिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार