चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीविरुद्ध अख्तियारमा मुद्दा दायर
प्रसाई भन्छन, 'अदालतले न्याय गर्ने कुरामा विश्वस्त छु'
काठमाडौं: चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृण्ण गिरीविरुद्ध बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले मुद्दा हालेका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले आफूले गिरी विरुद्ध अख्तियार अनुसन्धान दुरुपयोग आयोग र सम्पत्ति शुद्धLकरण अनुसन्धान विभागमा उजुरी दिएको बताए।
बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले २० करोड घुस मागेको भन्दै प्रसाईले केही दिन अघि पत्रकार सम्मेलन गरेका थिए । उनले गिरीले आफूलाई नियतबस नै सम्बन्धनका लागि निवेदन समेत लिन नमानेको र घुस माग गरेको भन्दै उजुरी हालेका हुन्।
पत्रकार सम्मेलनमा प्रसाईले मेडिकल कलेजका लागि आफूले सम्पूर्ण प्रक्रिया पूरा गरेको भए पनि सम्बन्धन नपाउनु दुखद भएको भन्दै अब न्यायका लागि सर्वोच्च अदालत समेत जाने बताए। उनले अदालतले आफूलाई न्याय दिने कुरामा पूर्ण विश्वस्त रहेको पनि जिकिर गरे ।
दुई वर्ष अघि नै सम्बन्धन पाएर सञ्चालन हुनुपर्ने कलेजले अहिलेसम्म सम्बन्धन नपाउँदा आफू करोडौं ऋणमा डुबेको समेत उनले जानकारी दिए । उता आयोगका उपाध्यक्ष गिरीले आफूले घुस मागेको कुरा सही नभएको बताउँदै आएका छन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै