घरमै पुगेर ज्येष्ठ नागरिककाे उपचार
धनकुटा : शहीदभूमि गाउँपालिकाले ८५ वर्षमाथिका नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण गर्न थालेको छ।
जेष्ठ नागरिकप्रति स्थानीय तहको दायित्व कार्यक्रमअन्तर्गत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित पुगेको चिकित्सकको टोली ज्येष्ठ नागरिकको उपचार गर्न थालेको हो। १७० जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।
बढ्दो उमेर र शारीरिक अशक्तताका कारण ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने भएकाले घरमै उपचार गर्ने चालू आर्थिक वर्षको योजनामा कार्यक्रम नै राखिएको अध्यक्ष राईले बताए।
विकट मानिने शहीदभूमि गाउँपालिकाका अधिकांश सर्वसाधारण स्वास्थ्य चौकीसम्म पुग्न सक्दैनन्। जेष्ठ नागरिकको शारीरिक अवस्थाले साथ नदिने भएका कारण उनीहरू रहेकै ठाउँमा उपचार गर्न पुगेको अध्यक्ष राईले बताए।
जेष्ठ नागरिकलाई औषधिसँगै चिसोबाट बच्न एकथान ब्ल्यांकेट पनि वितरण गरेकाे गाउँपालिकाले जनाएकाे छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै