Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घरमै पुगेर ज्येष्ठ नागरिककाे उपचार

घरमै पुगेर ज्येष्ठ नागरिककाे उपचार

धनकुटा : शहीदभूमि गाउँपालिकाले ८५ वर्षमाथिका नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण गर्न थालेको छ।

जेष्ठ नागरिकप्रति स्थानीय तहको दायित्व कार्यक्रमअन्तर्गत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित पुगेको चिकित्सकको टोली ज्येष्ठ नागरिकको उपचार गर्न थालेको हो। १७० जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए।

बढ्दो उमेर र शारीरिक अशक्तताका कारण ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने भएकाले घरमै उपचार गर्ने चालू आर्थिक वर्षको योजनामा कार्यक्रम नै राखिएको अध्यक्ष राईले बताए।

विकट मानिने शहीदभूमि गाउँपालिकाका अधिकांश सर्वसाधारण स्वास्थ्य चौकीसम्म पुग्न सक्दैनन्।  जेष्ठ नागरिकको शारीरिक अवस्थाले साथ नदिने भएका कारण उनीहरू रहेकै ठाउँमा उपचार गर्न पुगेको अध्यक्ष राईले बताए।

जेष्ठ नागरिकलाई औषधिसँगै चिसोबाट बच्न एकथान ब्ल्यांकेट पनि वितरण गरेकाे गाउँपालिकाले जनाएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि