Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामीलाई एकै पटकमा तीन महिनाको औषधि

बिरामीलाई एकै पटकमा तीन महिनाको औषधि

चितवन : भरतपुर अस्पतालले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीलाई एकै पटकमा तीन महिनाको औषधि दिन शुरु गरेको छ।

स्वास्थ्य बिमा गरेर अस्पताललाई पहिलो बिन्दु छानेका बिरामीलाई लक्ष्य गर्दै सो व्यवस्था गरेको बताइएको छ। मधुमेह, उच्च रक्तचाप, दम, हाडजोर्नी, कोलस्ट्रोल र थाइराइडजस्ता समस्या भएका बिरामीलाई औषधि दिन थालिएको हाे।

यसअघि एक पटकमा एक महिनाका लागि मात्र औषधि दिने गरिएको थियो। मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बिरामीलाई सहज होस् भन्ने उद्देश्यले तीन महिनाको औषधि एकैपटक दिन शुरु गरिएको जानकारी दिए।

नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेबाहेकलाई यसबाट सहज हुने जनाइएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवन र छिमेकी जिल्लाका सर्वसाधारणले जीवन बिमा गर्दा पहिलो बिन्दु भरतपुर अस्पताललाई रोजेका छन्।

भरतपुर अस्पतालमा दैनिक सरदर एक हजार ३०० बिरामी बहिरंग सेवामा उपचारका लागि आउने गर्छन्। तीमध्ये आधा बिमा गरेका बिरामी हुन्छन्। बिमामा आउनेमध्ये ५० प्रतिशत हाराहारी नियमित औषधि सेवन गर्ने गरेको अस्पतालले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि