Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘चिकित्सकले सही प्रतिवेदन नलेख्दा गम्भीर घटनाका दोषीले उन्मुक्ति पाए’

‘चिकित्सकले सही प्रतिवेदन नलेख्दा गम्भीर घटनाका दोषीले उन्मुक्ति पाए’

भद्रपुर : महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाका दोषीले उन्मुक्ति पाउने गरेको बताएका छन्।

झापाको बिर्तामोडमा आइतबार जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले आयोजना गरेको ‘कानुनी चिकित्सा र विद्यमान कानुनी व्यवस्थाबारेमा सरोकार पक्षसँगको अन्तरक्रियामा महाान्याधिवक्ता खरेलले घटनाको प्रकृतिको राम्रो अध्ययन र प्रयोगशाला जाँच गरेर प्रतिवेदन नदिँदा अपराधीले उन्मुक्ति पाउने गरेको बताएका हुन्।

‘जुन घटनाका लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो जाँच गरेर जे देखिन्छ त्यहीसर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस्’, उनले आग्रह गरे। हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ प्रतिवेदन आए मात्र घटनाको सही पहिचान गरी कानुनअनुसार अभियुक्तलाई दण्ड दिन सकिने उनकाे भनाइ छ।

खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरणअनुसारको सही जाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे। उनले घटनालाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगर्न पनि पत्रकारलाई सुझाव दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन