दुईदिने स्वास्थ्य शिविरमा ७०० ले लिए सेवा
तनहुँ : भीमाद नगरपालिका–८ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित दुईदिने स्वास्थ्य शिविरबाट ७०० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, तनहुँको भीमाद नगरपालिका र स्वास्थ्य कार्यालयको आयोजनामा शनिबार र आइतबार शिविर सञ्चालन गरिएको थियो ।
भीमाद नगरपालिकाका विभिन्न वडा र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेका थिए। जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, हिमालय आँखा अस्पताल पोखरा, गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सचालन गरिएको हो।
शिविरमा छाला तथा यौनरोग, स्त्रीरोग, हाडजोर्नी, नाक, कान, घाँटी, दन्तरोग, भिडियो एक्सरे, जनरल मेडिसिन, प्रयोगशाला सेवा, आँखा उपचार सेवा प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
शिविरमा गण्डकी मेडिकल कलेज पोखराका हाडजोर्नी विशेषज्ञ डा हरि शर्मा, दाँतरोग विशेषज्ञ डा साधना घिमिरे, डा. विवेक राई, स्त्रीरोग विशेषज्ञ डा. सविता थापा र जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका डा. रामकुमार श्रेष्ठ, डा. राजकुमार गजमेरले बिरामी जाँच गरेका थिए।
यस्तै हिमालय आँखा अस्पतालका गोविन्दनाथ योगी, मुस्कान गुप्ता, भीमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकाश नेपालीले स्वास्थ्य सेवा प्रदान गरेका थिए। शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण