योग दिवसको अवसरमा साताव्यापी कार्यक्रम गरिँदै
काठमाडौं: राष्ट्रिय योग दिवसको अवसर पारेर काठमाडौंमा साताव्यापी जनचेतनामूलक कार्यक्रम गरिने भएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयूर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको पत्रकार अन्तरक्रियामा उक्त जानकारी दिइएको हो ।
माघ १ गते नेपालमा राष्ट्रिय योग दिवस मानाउने गरिन्छ । यस वर्ष दिवसको नारा ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने रहेको छ । साताव्यापी कार्यक्रम आजैबाट स्वास्थ्य पत्रकारहरुलाई योगकोबारेमा जानकारी दिंदै योगासान सिकाएर शुरु गरिएको थियो।
कार्यक्रममा विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले योगको महत्वकोबारेमा जानकारी दिएका थिए । उनले योग रोग लागेपछि मात्र गर्ने नभएर प्रत्येक नागरिकले आफू स्वस्थ रहन सधैं गर्नुपर्ने बताए । उनले स्वस्थ खानपान, अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एक हिस्सा बनाउनुपर्नेमा जोड दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा