प्रदेशका सामाजिक विकास मन्त्रीसँग छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो भेला
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरुको भेला बोलाएको छ ।
आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनौपचारिक छलफलका क्रममा स्वास्थ्य मन्त्रालयको काम कारवाहीलाई कसरी चुस्त दुरुस्त राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न भेला बोलाएको बताए । उनले भने, ‘अहिले सम्म प्रदेशले गरेका काम एवं प्रगति लगायतका विषयमा छलफल हुनेछ ।’
‘संघर प्रदेशको उद्धेस्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने नै भए पनि कतिपय अवस्थामा संघ र प्रदेशमा अधिकार र कार्य क्षेत्रमा अन्यौलता भएको देखिन्छ त्यसलाई हटाउन पनि यो छलफलले सहयोग पुग्छ ,उनले भने ।’
मंगलबार हुने बैठकमा सामाजिक विकासमन्त्री एवं सचिवहरुको सहभागिता हुने बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा