‘यहाँका अस्पतालले सही सल्लाह दिएनन्, अपाेलाेले नयाँ जीवन दियाे’
काठमाडौं : झापाका नारायण श्रेष्ठले भारतको अपोलो अस्पतालले आफूलाई नयाँ जीवन दिएको बताएका छन्।
शनिबार पत्रकार सम्मेलनमा उनले आफूलाई लाखौँमा एकजनालाई हुने ब्रेन ट्युमर भएको र अपोलो अस्पतालले बचाएको बताएका हुन्।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन प्रणव कुमारले शल्यक्रिया गरेर आफ्नो ज्यान बचाएको श्रेष्ठले जानकारी दिए। ‘यसअघि नेपालमा लाखौँँ खर्च भयो’, उनले भने, तर यहाँका अस्पताल र चिकित्सकले सही सल्लाह दिएनन्।’
गत वर्षको भदौमा नेपालमै एक अस्पतालमा श्रेष्ठको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया सफल नभएपछि उनी भारतको दिल्लीस्थित अपोलो अस्पताल गएका थिए ।
श्रेष्ठको केस निकै जटिल भएको डा. प्रणवले बताए। ‘त्यसमा पनि श्रेष्ठको ब्लड ग्रुप नेगेटिभ भएकाले पनि बढी खतरापूर्ण थियो’, उनले भने’ ‘तर हामीले सोही बमोजिम प्लान गरेर शल्यक्रिया गर्यौँ।’ उनले श्रेष्ठको जस्तै ट्युमरको शल्यक्रिया आफूले गर्दै आएको बताए।
डा. प्रणवले शल्यक्रिया सफल हुन चिकित्सकको मात्र भूमिका नहुने भन्दै अस्पतालको वातावरण, अन्य प्राविधिक, मेडिकल उपकरण आदिको महत्वपूर्ण भूमिका हुने बताए। अपोलो अस्पतालमा विभिन्न रोगको उपचारका लागि बर्सेनि हजारौँ नेपाली जाने गर्छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित