महाेत्तरीका तीन औषधि पसलमा सिल
महोत्तरी : औषधि व्यवस्था विभागले जिल्लाकाे गौशालास्थित तीनवटा औषधि पसल सिलबन्दी गरेको छ। विभागले शनिबार गौशाला पोलिक्लिनिक, गौशाला सिटी हेल्थ केयर र दिव्य हेल्थ क्लिनिक सिलबन्दी गरिएको हो।
औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका फार्मेसी निरीक्षक डा. चन्देश्वर यादवनेतृत्वको टोलीले अनुगमन गर्दा अव्यवस्थित, दर्ता नगरेको र फर्मासिस्टविना सञ्चालन गरेको पाइएपछि तीनवटा पसलमा सिलबन्दी गरेको हो।
अनुगमनको क्रममा औषधि व्यवसायीले विनाफर्मासिस्ट पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि सञ्चय गरेको र बिक्री गर्दा बिल नदिने गरेको पाइएको विभागले जनाएको छ। अनुगमनलाई निरन्तरता पनि विभागको भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा