उपचारका क्रममा सुत्केरीको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड
काठमाडौं : सुत्केरीको मृत्यु भएपछि जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा तोडफोड भएको छ। उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तलगायतले अस्पताल तोडफोड गरेका हुन्।
भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यु भएपछि आफन्तलगायतले शनिबार दिउँसो अस्पतालमा तोडफोड गरेका हुन्। राईले बिहीबार राति ११ बजे बच्चालाई जन्म दिएकी थिइन्।
भोलिपल्ट उनको मृत्यु भएको थियो। सुत्केरी गराउने क्रममा भ्याकुमले शिशु तान्दा पाठेघरसमेत तानेको आफन्तको आरोप छ।
उनीहरूले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न माग गरेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा