स्वास्थ्यमन्त्री ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी थप
काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि खाली रहेको मन्त्रालय ढकाललाई जिम्मा दिइएको हो।
यसअघि यही सरकारमा ढकालले कानुन मन्त्रालय पाएका थिए। मन्त्रिपरिषद् विस्तार तथा हेरफेरका क्रममा तत्कालीन स्वास्थ्यमन्त्री यादवलाई कानुन मन्त्रालयमा लगिएपछि ढकाल स्वास्थ्य मन्त्रालय आइपुगेका हुन्।
यस्तै खाली रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण