चिसोले बालबालिका प्रभावित भएपछि विद्यालय ६ दिन बन्द
डोटी : हिमपातका कारण चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले सामुदायिक विद्यालयहरूमा ६ दिन बिदा दिएको छ ।
कतिपय विद्यार्थीको स्वास्थ्यमा समस्या भएको र उनीहरूलाई विद्यालय आवतजावत तथा पठनपाठन गर्न कठिनाइ भएको भन्दै नगरपालिकाका विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाले बिहीबार प्रकाशन गरेको सूचनामा मौसम प्रतिकुलताका कारण २५ पुसदेखि १ माघसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।
दिपायल सिलगढी नगरपालिकाभित्र ४० वटा सामुदायिक विद्यालय छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा