Health TV Online
Health TV Online
Health TV Online

बारबर्दिया नगरपालिकाकाे आफ्नै स्वास्थ्य ऐन

बारबर्दिया नगरपालिकाकाे आफ्नै स्वास्थ्य ऐन

बर्दिया : बारबर्दिया नगरपालिकाले नगर स्वास्थ्य ऐन, २०७६ पास गर्दै हिउँदे नगर अधिवेशन सम्पन्न गरेको छ। छैटौँ नगरसभामा पेश भएको नगर स्वास्थ्य ऐन, २०७६ सर्वसम्मतले पास भएको हो।

नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारूले नेपालको संविधानले मौलिक अधिकार सुनिश्चित गरेको नागरिकको स्वास्थ्य अधिकारलाई नगरपालिकाले स्वास्थ्य ऐन ल्याएर थप सुनिश्चित गरेको बताए।

ऐनमा नगर स्वास्थ्य समिति, नगर अस्पताल, वडास्तरमा रहेका स्वास्थ्य संस्थालगायतका स्वास्थ्य संस्थाको समिति गठन, काम, कर्तव्य र अधिकार समेटिएको छ। यसैगरी १५ शय्यासम्मका गुठीद्वारा सञ्चालित, सामुदायिक र निजी अस्पतालको मापदण्ड र दर्ता प्रक्रियासमेत समावेश गरिएको छ। त्यसैगरी नगरमा निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक नीति तथा कार्यक्रम लागु गर्नेगरी ऐन ल्याइएको छ।

नगरपालिकाले यसअघि नै थारू जातिमा देखिएको सिकलसेल एनिमिया र थाइलेसोमिया रोग पहिचान रोकथामसम्बन्धी स्थानीय पाठ्यक्रम बनाई लागू गरिसकेको छ। सिकलसेल एनिमिया रोग पहिचान कार्यक्रम लागू गरी एक देखि २९ वर्षसम्मका थारू जातिका सबै युवाको रक्त परीक्षण गरिसकेको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार