छ करोड ६६ लाखमा बन्याे प्राथमिक स्वास्थ्य केन्द्र
झापा : कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधासम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ।
शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको छ करोड ६६ लाख ९६ हजार ८४८ रुपैयाँ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जानकारी दिए।
अपांगमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने गाउँपालिकावासीको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष आलमले बताए। ‘स्थानीयस्तरमा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा यहाँका बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब यो स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने लक्ष्य छ।’
स्थानीय चिन्तामणि खरेलले निःशुल्क प्रदान गरेको एक बिघा १७ कठ्ठा जग्गामा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो। नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने योजना रहेको झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले बताए।
अस्पतालसँगै सर्पदंशको उपचार सेवा पनि सञ्चालन ल्याउने उनको भनाइ छ। हाल बनियानी चोकमा सञ्चालित स्वास्थ्य केन्द्र केही दिनपछि नयाँ भवनमा सर्नेछ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा