भद्रपुरमा कान उपचार सेवा शुरू
झापा : दृष्टि अस्पतालले भद्रपुरमा कान उपचार सेवा सञ्चालनमा ल्याएको छ। बिर्तामोडमा सञ्चालित अस्पतालले बिहीबारदेखि भद्रपुर बजारमा कान उपचार सेवा शुरु गरेको हो ।
बिहीबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उपचार सेवा उद्घाटन गरे। अस्पतालका अध्यक्ष रामकुमार उप्रेतीले मेची पुल सञ्चालनमा आइसकेपछि आँखासँगै कानका बिरामीको चाप बढेकाले सेवा थप गरिएको बताए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेषकान्त अर्यालले कानमा हुने सबैखाले रोगको उपचार गर्ने उद्देश्य लिएर थप सेवा शुरु गरेकाे जानकारी दिए।
अस्पतालकाे कान विभागका चिकित्सक रविन्द्रभक्त प्रधानाङ्गले कानकाे समस्यामा हेलचेक्र्याइँ नगर्न सुझाव दिए। अन्य अंगसँगै आँखा र कान पनि वेलावेलामा जाँच गर्नुपर्ने उनले बताए। नगरप्रमुख श्रेष्ठले अस्पताललाई पूर्ण सहयोग गर्ने आश्वासन दिए।
भारतका बिरामीलाई समेत सेवा दिने उद्देश्यले भद्रपुरमा सेवा शुरु गरेको अस्पतालले जनाएकाे छ। अस्पतालले २०७१ साल माघमा भद्रपुर बजारमा आँखाको उपचार सेवा शुरु गरेको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा