न अस्पतालको सेवा सन्तोषजनक, न त चिकित्सकको व्यवहार
बाँके : भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट छैनन्। लुम्बिनी प्रदेशको एकमात्र संघीय अस्पतालको सेवाबाट सन्तुष्टभन्दा असन्तुष्ट धेरै छन्।
अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक छन्। चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिने गरेका छन्। अस्पतालमा कार्यरत चिकित्सकले शय्यासम्म नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामी बताउँछन्।
सेवा लिन आएका अधिकांश बिरामी र आफन्तले अस्पतालको उपचार सेवा र चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गर्छन्। बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले जवाफ दिन झर्को मान्ने गरेको अधिकांश बिरामी र आफन्तकाे गुनासो छ।
अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाइँदैन। यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीलाई छ।
शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन। तर अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. रूपानन्द अधिकारीले भन्छन्, ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ।’
दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा