नर्सिङ काउन्सिलको सदस्यमा दुर्गालक्ष्मी श्रेष्ठ र सानु तुलाधर नियुक्त
काठमाडौं: सरकारले नेपाल नर्सिङ काउन्सिलको रिक्त रहेको सदस्य पदमा नर्स दुर्गालक्ष्मी श्रेष्ठ र सानु तुलाधरलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले श्रेष्ठ र तुलाधरलाई काउन्सिलको सदस्य पदमा नियुक्त गरेको हो। सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन्।
मन्त्रालयले श्रेष्ठलाई सरकारी कोटाबाट र तुलाधारलाई क्याम्पस प्रमुख तर्फबाट सिफारिस गरेको थियो। काउन्सिलमा मेट्रोनतर्फको सदस्य पद भने अझै खाली नै छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा