सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स खरिदमा अनियमितता : छानबिन गर्न मुख्यमन्त्रीकाे निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरिद गर्दा भएको अनियमितताबारे छानबिन गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री भट्टले बिहीबार सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई एम्बुलेन्स खरिद प्रक्रियाबारे छानबिन गरी सम्पूर्ण विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन्।
मन्त्रालयले ६ करोड २७ लाख ३८ हजार रुपैयाँमा १६ वटा एम्बुलेन्स खरिद गरी विभिन्न जिल्लाका अस्पताललाई प्रदान गरेको थियो ।
चलाउन थालेको दुई महिना पनि नबित्दै अधिकांश एम्बुलेन्स काम नै नलाग्ने अवस्थामा पुगेका छन् ।
चालकहरूले एम्बुलेन्स कामै नलाग्ने भन्दै चलाउन अस्वीकार गर्न थालेपछि एम्बुलेन्स खरिदमा अनियमितता भएकाे खुलेकाे हाे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा