चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द
दाङ : अत्यधिक चिसो बढेपछि को घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द दिएको छ ।
चिसोका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि नगरपालिकाले बिहीबार शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार सूचना जारी गरी वर्षे बिदा कटाउनेगरी बिहीबार र शुक्रबार बिदा दिएको जनाएको छ।
महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गरेको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा