अक्सिजन खरिद गर्न अस्पताललाई नगरपालिकाको सहयोग
कञ्चनपुर : भीमदत्तनगरपालिकाले महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि चार लाख ५६ हजार रुपैयाँ सहयोग गरेको छ ।
नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजनका लागि बुधबार सहयोग रकम अस्पताललाई हस्तान्तरण गरे। नगरप्रमुख विष्टले अक्सिजन खरिदका लागि अस्पतालसँग रकम अभाव रहेको खबर आएपछि सहयोग उपलब्ध गराएको बताए।
अस्पतालका प्रमुख एवं मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकृष्ण श्रेष्ठले अस्पताललाई गरेको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताए।
यसअघि भीमदत्तनगरपालिकाले जिल्ला रेडक्रस सोसाइटी कञ्चनपुर शाखालाई ब्लड बैंकका लागि आर्थिक सहयोग गरेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण