घुस मागेको आरोप पुष्टि गर्न प्रसाईलाई आयोगका उपाध्यक्ष डा गिरीको चुनौती
काठमाडौं: आफूले मेडिकल कलेज सम्बन्धनका लागि २० करोड घुस मागेको आरोप पुष्टि गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले चुनौती दिएका छन्।
झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि २० करोड घुसमागेको आरोप लगाएपछि गिरीले जवाफमा यस्तो बताएका हुन्। उनले प्रसाईले आफूलाई गलत आरोप लगाएको बताए । उनले पत्रकार सम्मेलन गर्दै प्रसाईलाई यो आरोप पुष्टी गर्न चुनौती समेत दिए।
उनले भने, ‘यो आरोपमा कुनै सत्यता छैन। र म उनले भने बमोजिम द्धारिका होटलमा गएकै छैन्। यो सबै कपोकल्पित आरोप हो । उनले आफूमाथि गम्भीर आरोप लागेपछि प्रसाईले पत्रकार सम्मेलन गरेको केही घण्टा नबित्दै पत्रकार सम्मेलन गरेका हुन्।
बिर्तामोडमा सञ्चालित बी एन्ड सी कलेजका सञ्चालक प्रसाईले सबै प्रक्रिया पूरा गर्दा पनि गिरीले नै पैशाका लागि काम अट्काएको भन्दै पत्रकार सम्मेलन गरेका थिए । सरकारले गत भदौमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा गिरीलाई नियुक्त गरेको थियो।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा