तीन ‘एस’ मार्फत जनाए महासचिवका उम्मेदवार पाण्डेले चुनावी प्रतिबद्धता
काठमाडौं : नेपाल चिकित्सक संघको महासचिवका उम्मेदवार डा. दिपेन्द्र पाण्डेले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्। डा.पाण्डेले आफू सम्पूर्ण चिकित्सकको एजेण्डा बोकेर स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रेकाले सबैले साथ दिने विश्वास लिएको बताए।
‘मैले अहिलेसम्म जति काम गरेँ। सबै चिकित्सककै हितकै लागि गरेँ। सबै आन्दोलनमा सरिक भएँ’, उनले भने, ‘कुनै समूहमा रहेर भन्दा पनि स्वतन्त्र रूपमा पनि काम गर्न सकिन्छ भनेर मैले उम्मेदवारी दिएको हुँ।’
युवा चिकित्सकको हकहितमा काम गर्न आफू सक्षम भएको भन्दै उनले आफूले जित्ने विश्वास लिएको बताए। उनले अग्रजहरुको आशीर्वाद र युवा साथीहरूको साथ रहेको पनि जिकिर गरे ।
डा. पाण्डेले जारी गरेको घोषणापत्रमा तीनवटा ‘एस’लाई प्राथमिकता दिइएको छ। स्यालरी अर्थात् चिकित्सकको तलब। स्पेसलाइजेसन अर्थात् विशेषज्ञ चिकित्सकको सिट बढाउने। र सेक्युरिटी अर्थात् चिकित्सकको सुरक्षा। यसबाहेक संघलाई बृहत्तर बनाउने देखि व्यावसायिक तालिम एवं अवसरका विषय घोषणापत्रमा समेटिएका छन्।
यसअघि दुईवटा प्यानल बनाई दुई समूह चुनावी मैदानमा उत्रिसकेका छन्। पाण्डेबाहेक महासचिव पदको उम्मेदवारका लागि लोकतान्त्रिक समूहबाट डा. बद्री रिजाल र पेशागत समावेशी समूहबाट मधुर बस्नेतले उम्मेदवारी दिइसकेका छन्।
संघकाे नयाँ नेतृत्वका लागि माघमा चुनाव हुँदैछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण