बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु
तनहुँ : बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा शल्यक्रिया सेवा शुरु भएको छ। नेपाल सरकारको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटले उपकरण उपलब्ध गराएको हो।
शल्यक्रिया सेवाशुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष एवं अस्पताल कार्य सञ्चालन समितिका अध्यक्ष पूर्णसिं थापाले असहाय विपन्न नागरिकलाई अस्पतालले सहुलियत सेवा प्रवाह गर्ने बताए। अस्पतालको सुदृढीकरणका लागि गाउँपालिका तयार रहेको उनको भनाइ छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. धनबहादुर क्षेत्रीले शल्यक्रियाका लागि दमौली, पोखरा वा अन्यत्र जानुपर्ने बाध्यता रहेकोमा अब आफ्नै ठाउँमा सेवा प्राप्त गर्न सकिने बताए।
शल्यक्रिया सेवा शुरु भएको अवसरमा बन्दीपुर गाउँपालिका र अस्पतालको संयुक्त आयोजनामा सोमबारदेखि हाइड्रोसिलको निःशुल्क शल्यक्रिया र हर्नियाको परीक्षण शिविर शुरु भएको छ।
प्रतीकात्मक तस्विर




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै