कान्ति बाल अस्पतालमा वर्षमा दुई लाख १० हजारको उपचार
काठमाडौं : कान्ति बाल अस्पतालले आईसीयू अभावमा अझै पनि बिरामी अन्यत्र रिफर गर्नुपर्ने अवस्था कायम रहेको जानकारी दिएको छ।
अस्पतालको ५८ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा निर्देशक डा. आरपी बिच्छाले दूर दराजबाट आउने बिरामीलाई अझै पनि अन्यत्र पठाउनुपर्ने अवस्था रहेको बताएका हुन्।
‘दुई महिनाअघि १० बेडको इन्टरमिडियट केयर युनिट स्थापना भएपछि करिब ७० प्रतिशत बालबालिका निजी अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको छ’, उनले भने।
चालू आर्थिक वर्षको अहिलेसम्म बहिरंग (ओपीडी) तर्फ ७० हजार र आकस्मिक (इमर्जेन्सी)तर्फ २७ हजार बालबालिकालाई सेवा दिएको कार्यक्रममा जानकारी दिइयो । निर्देशक बिच्छाले गतवर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजारले अन्तरंग सेवा लिएको बताए।
अस्पतालले गत आर्थिक वर्षमा ओपीडीतर्फ एक लाख ५५ हजार र इमर्जेन्सीतर्फ ५५ हजार बालबालिकालाई सेवा दिएको छ। हरेक वर्ष १० देखि १२ प्रतिशत सेवाग्राही बढेको बिच्छाले जानकारी दिए।
कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा. डा. डीएन शाहले बालरोगको क्षेत्रमा नेपालले गरेको केही अनुसन्धान विश्वस्तरमै गर्व गर्नलायक भएको दाबी गरे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा