‘अस्पतालमा बिरामीको मोलमोलाइ गर्ने प्रवृत्ति चाँडै अन्त्य हुन्छ’
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालकै कर्मचारीको मिलेमतोमा बिरामीलाई निजी अस्पताल पठाउने गरेको पाइएको बताएका छन्। यस्तो प्रवृत्ति अन्त्यका लागि नीति तयार हुँदै गरेको उनले बताए।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामी निजी अस्पताल पठाउने गरेको पाइएको बताएका हुन्। ‘आस्थाको केन्द्र भए पनि अस्पताल आफैँ बिरामी भयो भने सर्वसाधारण मर्कामा पर्नु स्वाभाविकै हो’, उनले भने, ‘यो प्रवृत्ति रोकिनुपर्छ।’
मन्त्री ढकालले चिकित्सकको आचरण र व्यवहार सुधार गर्न सके मात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने तर्क गरे। उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटी र औषधि खरिदबिक्रीमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिबद्धता जनाए।
मन्त्री ढकालले आफू स्वास्थ्यमन्त्री भएपछि मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको दाबी गरे। कर्मचारी समायोजन र केही संरचनागत परिवर्तन आफ्नो दायित्व रहेको उनको भनाइ छ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै