ब्लड बैंकलाई रेफ्रिजेरेटर
दाङ : तुलसीपुरस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकलाई फुजीमा आयल कम्पनी प्रालि विराटनगरले रेफ्रिजेरेटर प्रदान गरेको छ।
२०७२ भदौ देखि सञ्चालनमा आएको उक्त ब्लड बैंकमा सानो रेफ्रिजिरेटर हुँदा २५ युनिट मात्र रगत राख्ने व्यवस्था थियो। नयाँ रेफ्रिजेरेटर प्राप्त गरेपछि ३२ युनिटसम्म रगत राख्ने मिल्ने केन्द्रका प्रमुख दिलीप न्यौपानेले जानकारी दिए।
तुलसीपुरमा मासिक ८० र घोराहीमा साढे २०० युनिट रगत खपत हुने गरेको छ। दाङमा अहिलेसम्म रगत वर्गीकरण गर्ने मेसिन नहुँदा समस्या भएको न्यौपानेले बताए।
बिरामीका लागि प्लाज्मा, प्याक्सेल र प्लेटलेट आवश्यक पर्दा नेपालगञ्ज वा बुटवलबाट मगाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण