चिनियाँ वृद्धवृद्धा चाहन्छन्, घरमै उपलब्ध होस् स्वास्थ्यसेवा
चीनमा ६० प्रतिशतभन्दा बढी वृद्धवृद्धाका लागि औसतमा दुई किलोमिटरको दूरीमा स्वास्थ्य सेवा उपलब्ध भइरहेको एक अनुसन्धानले देखाएको छ।
चिनियाँ वृद्धवृद्धाबारे गरिरहेको एक स्वदेशी संस्थाले हालै सार्वजनिक एक प्रतिवेदनले स्वास्थ्यसेवा सुलभ बनाउनुपर्ने उल्लेख छ ।
राज्यद्वारा उपलब्ध सेवालाई आफ्नो अनुकुल पर्ने नजिकको स्वास्थ्य केन्द्रमा जाने गरेका उनीहरूमध्ये करिब ४० प्रतिशत वृद्धवृद्धाले स्वास्थ्यसेवा आफ्नै घर वा निवासमा उपलब्ध गराउन इच्छा व्यक्त गरे।
अध्ययन प्रतिवेदनका अनुसार उनीहरूले आफूहरूलाई लागेका दीर्घरोगका बारेमा नर्सिङ सेवा, मनोवैज्ञानिक परामर्श, स्वास्थ्य शिक्षा सेवालगायत घरमै उपलब्ध होस् भन्ने चाहन्छन्।
सरकारले वृद्धवृद्धा र स्वास्थ्य स्वयंसेवक सेवालाई सुधारका गर्नुपर्ने पाएको केन्द्रका उप निर्देशक दाङ जुनुले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा