आँखा शिविरमा ३३० जनाले लिए सेवा
पाल्पा : रम्भा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३३० बिरामीले सेवा लिएका छन्।
गाउँपालिकाको वडा नं.१ को हुँगी स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा सेवा लिएका ३३० आँखाका बिरामीमध्ये २५ जनामा मोतियाबिन्दु र छ जनामा मासु पलाएको भेटिएको छ।
शिविरमा आँखा कमजोर भएका ११५ जना बिरामीलाई चश्मा तथा अन्य बिरामीलाई समस्याअनुसारका औषधि निःशुल्क प्रदान गरिएकाे छ। यस्तै मोतियाबिन्दुको बिरामीलाई पुस २८ गते रामपुर नगरपालिकाको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाका लागि पठाइएको छ।
रम्भा गाउँपालिकाको आयोजना र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका नेत्र सहायक अजयकुमार पालले आँखा जाँच तथा उपचार सेवा दिएका थिए।
नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, पाल्पा लायन्स लाकौला आँखा अस्पतालद्वारा सञ्चालित कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रले संस्था स्थापना भएपछिको पहिलोपटक निःशुल्क सेवा दिएको हो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा