गाेदानकाे चुनावमा भाग लिन माघ २९ भित्र सदस्यता
काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान) ले आसन्न निर्वाचनमा सहभागिताका लागि सदस्यता लिन माघ २९ गतेसम्मको म्याद तोकेको छ।
संघले शनिबार विज्ञप्ति निकालेर आसन्न निर्वाचनमा भाग लिनका लागि सदस्य बन्न माघ २९ म्याद रहेको बताएको हो।
प्रमुख निर्वाचन अधिकृत डा. रुद्रप्रसाद मरासिनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनलाई अझ बढी व्यवस्थित र निष्पक्ष बनाउन दुई निर्वाचन अधिकृत तोकिएको उल्लेख छ।
डा. पवनकुमार हमाल र डा टेकेन्द्र चौलागाईँलाई निर्वाचन अधिकृत नियुक्त गरिएको संघले जनाएको छ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा