Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क आँखा शिविरमा २९७ ले लिए सेवा

निःशुल्क आँखा शिविरमा २९७ ले लिए सेवा

कास्की : माच्छापुच्छ्रे  गाउँपालिका–२ सार्दिखोलामा आयोजित निःशुल्क आँखा शिविरमा २९७ जना लाभान्वित भएका छन्।

रमाकान्त\निर्मला फाउण्डेशनको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा भएको शिविरमा सार्दिखोला, चौर, खाँदरजुङ, घलेखर्क, च्याङलुङ, नेप्राङ तथा छिमेकी वडाका स्थानीय बासिन्दाले सेवा लिएका हुन्।

अस्पतालका स्वास्थ्यकर्मीले शिविरमा सहभागीको आँखा परीक्षण गरी औषधि तथा चस्मा वितरण गरे। परीक्षणमा आएकामध्ये सात जनामा मोतीविन्दु देखिएकाले शल्यक्रियाका लागि आँखा अस्पताल रेफर गरिएको छ। शिविरमा सहभागीलाई आँखा अस्पतालमा समेत शल्यक्रियाका लागि कुनै शुल्क नलाग्ने बताइएको छ।

हिमालयआँखा अस्पतालका प्रबन्ध निर्देशक डा. इन्द्रमान महर्जनले मानव जीवनका लागि आँखा सबैभन्दा संवेदनशील अंग भएकाले यसको बढी ख्याल गर्न सल्लाह दिए।

आँखाका बिरामीलाई सहज र पायकपर्ने स्थानमै सेवा प्रदान गर्नका लागि अस्पतालले वर्षमा १०० भन्दा बढी स्थानमा सहकार्यमा शिविर राख्ने गरेको उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार